कुशल मल्लले ५ विकेट लिएपछि आर्मीसँग एपीएफ पराजित

कुशल मल्लले ५ विकेट लिएपछि आर्मीसँग एपीएफ पराजित
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। 

नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्लको घातक बलिङमा आर्मीले एपीएफ क्लबलाई २६ रनले पराजित गरेको हो।

आर्मीले दिदएको ११५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको एपीएफ क्लब १९ ओभरमा ८८ रन बनाउँदै अलआउट भएपछि आर्मीले उक्त खेल २६ रनले जितेको हो।

 
आर्मीका लागि एपीएफका कप्तान प्रदीप ऐरीले ३३ बलमा सर्वाधिक २९ रन बनाए। लोकेश बमले १९ बलमा १६ र आसिफ शेखले १७ बलमा १२ रनमात्र जोडे। बलिङतर्फ आर्मीका कुशल मल्ल एक्लैले एपीएफको पाँच विकेट लिए। चार ओभरमा उनले १८ रन दिएर पाँच विकेट लिएका हुन्। त्यस्तै साहब आलम, सोमपाल कामी, विवेक यादव र बसिर अहमदले एक-एक विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८  विकेट गुमाएर ११४ रन बनाएको थियो। आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ३२ रन बनाए। कुशल मल्लले २२, सन्दीप रजालीले १६ र विनोद भण्डारीले १० रनको योगदान दिए। 

बलिङतर्फ एपिएफका अमरसिंह रौटेलाले चार ओभरमा ११ रन खर्चिएर पाँच विकेट लिए भने हरिशंकर साहले दुई र अविनाश बोहोराले एक विकेट लिए.   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.