तीन दिनमा ७१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

तीन दिनमा ७१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं : सेयर बजारमा लगातार तेस्रो दिन उच्च अंकको गिरावट देखिएको छ । गत बिहीबार,आइतबार र आज (बुधबार) गरी नेप्से परिसूचक कूल ७१ अंकले घटिसकेको छ । त्यसअघि नेप्से ७ कारोबार दिनमा १ सय ८२ अंकले बढेको थियो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार ३२.७७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आइतबार २१.०३ अंकको गिरावट आएको थियो । ओरालो यात्रालाई निरन्तरता दिने क्रममा नेप्से बुधबार १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा कायम भएको छ । यता सेन्सिटिभ इन्डेक्स ४.२५ अंकले घटेर ३८७.०७ अंकमा पुगेको छ ।

कारोबार सुरु भएको केही समय बढेपनि बजार १ बजेसम्म स्थिर देखिएको थियो । त्यसयता निरन्तर घटेर दिनकै तल्लो २०५५ अंकमा पुगेर नेप्से फर्किएको थियो । कारोबारको अन्तिमा २० मिनेटमा सुधारको प्रयास गरेपनि नेप्से हरियो बन्न सकेन ।

बुधबार कारोबारमा आएका १ सय ५९ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा पनि भारी गिरावट आएको हो । यसैगरी ८३ कम्पनीको मूल्य बढ्दा ५ वटाको यथावत रहे ।

कारोबारमा आएकामध्ये ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने थप ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार नेपा इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो र चिख्र्वा हाइड्रोको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेका छन् भने नेपाल वेयरहाउजिङका सेयरधनी सर्वाधिक कमाउनेमा शीर्ष ५ मा परे ।

यता बीपीडब्लू लघुवित्तकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रो,सुर्याज्योति लाइफ, नेपाल रिपब्लिक मिडिया र हिमालयन पावर पार्टनरका सेयरधनी सर्वाधिक गुमाउनेमा परे ।

नेप्सेमा भारी गिरावट आएको दिन १ लाख १७ हजार ४ सय ७६ कारोबारमार्फत् ३ सय ७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ इकाइ सेयर ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११  रुपैयाँमा खरिदबिक्री भए । साताको पहिलो कारोबार दिन आइतबार ७ अर्ब ११ करोड बढी रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबार रकमा आइतबारको तुलनामा १ अर्ब ८७ करोडले कम हो । कारोबार रकमका आधारमा सोनापुर मिनिरल्स एन्ड आयल्स अग्रस्थानमा रह्यो । कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको कारोबार भयो । कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, सुर्याज्योति लाइफ, हाथवे इन्भेस्टमेन्ट र नेपाल रिपब्लिक मिडिया शीर्ष ५मा रहे ।

बुधबारबार कारोबारमा आएका २ समूहको उपसूचकमा सुधार आए भने ११ वटामा गिरावट देखियो । यसदिन म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचकमा सुधार आएको हो । घट्नेमा कारोबार समूह अगाडि रह्यो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.