कांग्रेस, एमाले, माओवादीमाथिको प्रहार व्यवस्था र संविधानमाथिको प्रहार हो : मुख्यमन्त्री पाण्डे

कांग्रेस, एमाले, माओवादीमाथिको प्रहार व्यवस्था र संविधानमाथिको प्रहार हो : मुख्यमन्त्री पाण्डे
जनतासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे।
सुन्नुहोस्

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान शासन व्यवस्था र संविधानतिर लक्षित गरी स्थापित दलहरूमाथि प्रहार गरिएको बताएका छन्। गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा बुधबार आयोजित जनतासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले यस्ता षड्यन्त्रविरुद्ध स्थापित दलका नेतृत्वहरू एकजुट हुन आह्वान गरे।

'अहिले विभिन्न शक्ति समूहले स्थापित राजनीतिक दलमाथि ताकेर सुनियोजितरूपमा प्रहार गरिरहेका छन्। हेर्दा कांग्रेस, माओवादी र एमालेमाथि प्रहार गरेको जस्तो देखिन्छ। तर त्यो आक्रमण कुनै खास राजनीतिक पार्टीप्रति होइन, त्यो प्रहार संघीय लोकतान्त्रिक शासन व्यवस्थामाथिको हो।

संघीय लोकतान्त्रिक संविधानमाथि हो। जसले विभिन्न कालखण्डमा आन्दोलन गरेर निरंकुशताको अन्त्य गरी संघीय, समावेशी, लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्‍यो, जसले संघीय लोकतान्त्रिक संविधान निर्माण गर्‍यो, त्यसलाई बद्नाम गराउने, त्यसप्रति वितृष्णा जगाउने, असफल बनाउने र पुन संविधान र शासन व्यवस्था उल्ट्याउने प्रपञ्च हो,' उनले भने।

सरकारको सकारात्मक कामको हिसाबकिताब नगर्ने, नकारात्मक ढंगले टिका टिप्पणी मात्र गरिरहनेहरूप्रति सचेत र होसियार रहन उनले स्थापित दलका नेता कार्यकर्तामा आह्वान गरे। ‘असफलताको चर्चामात्र गरिरहने, जनतामा नैराश्यता बादल मडार्ने र शासन व्यवस्था उल्ट्याउने षड्यन्त्रप्रति के कांग्रेस, के माओवादी, के एमाले सबै एकताबद्ध हुनु जरुरी छ,' उनले भने, 'स्थापित राजनीतिक दलको योगदान र बलिदानबाट प्राप्त शासन व्यवस्थालाई उल्ट्याउन खोज्नेविरुद्ध हामी सबै स्थापित दल एकताबद्ध हुनु जरुरी छ।' कांग्रेस, माओवादी र एमालेविरुद्ध खनिनेहरूको लहैलहैमा नलाग्न पनि उनले आग्रह गरे।

उनले चुनाव प्रचारका क्रममा जनतामाझ गरेको बाचा आफ्नो कार्यकालभरिमा पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे। ‘नागरिकका आवश्यकता र चाहना असीमित छन्। तर, स्रोत साधन सीमित छन्। उनीहरूको माग पूरा गर्न पाँच खर्बको बजेट ल्याए पनि अपुग हुन्छ। तर, हामीले ३३ अर्बको बजेट बनाउँदैछौं,' पाण्डेले भने, 'त्यसैले चाहेका सबै कुरा पूरा हुँदैनन्। चुनावमा भोट माग्दा गरेका हिउँद, बर्खै चल्ने सडक, प्रत्येक गोरखालीको घरघरमा खानेपानीको धारा, शिक्षा र स्वास्थ्यको बाचा हाम्रो कार्यकालभित्र पूरा गर्नेछौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.