बूढीगण्डकी आयोजनाको छिट्टै शिलान्यास गर्छु : प्रधानमन्त्री दाहाल

बूढीगण्डकी आयोजनाको छिट्टै शिलान्यास गर्छु : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहालले बहुप्रतिक्षित १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको छिट्टै आफैंले शिलान्यास गर्ने उद्घोष गरेका छन्। 

बुधबार गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासंग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्ने बताएका हुन्।

बूढीगण्डकी आयोजना निर्माणका लागि आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए। ‘बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,’ उनले भने, ‘मैले केही समय अगाडि क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बुढीगण्डकीमा हाल्ने निर्णय गरेर अब आर्थिक अभाव हुन नदिने र छिटै बूढीगण्डकी परियोजनालाई शिलन्यास गर्न म आउँदै छु।’ लामो समयदेखि बन्द रहेको गोरखकाली रवर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा सञ्चालन गर्न गृहकार्य भइरहेको उनले बताए।

 
त्यस्तै बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागि छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए। ‘अहिलेलाई ५० लाखमात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अब त्यो अगाडि बढ्छ,’ उनले भने। पालुङटारमा रहेको आँपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शय्याको स्वीकृती प्रदान गरिने बताए। उनले भने, ‘उहाँहरूले अहिलेलाई स्वीकृती र जनशक्तिको मात्र व्यवस्थापन गरिदिनु भन्नुभएको छ, अब स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि बढ्छ।’
 
गोरखामा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउन चीन सरकारसँग सहमति समेत भइसकेको उनले बताए। पार्क बनाउन दुई देशबीच सम्झौता समते भएको उनले बताए। ‘म चीन भ्रमणमा गएको बेला एउटा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउने कुरामा सहमत भएको छ। त्यहाँको प्रधानमन्त्री र मैले हस्ताक्षर गरेका छौं, उहाँहरूको चाहना अन्यत्र बनाउने थियो। तर, मैले गोरखामा बनाउनुपर्छ भने। गोरखामै यो पार्क बन्ने सहमति भइसकेको छ। सायद जेठ महिनाभित्र त्यहाँका इन्जिनियर र टेक्निकल टिम आएर यहाँ अध्ययन गर्ने र प्रक्रिया अगाडि बढाउने कुरा भएको छ,' उनले भने। यसले गोरखाली जनतालाई रोजगारीका साथै गोरखाको आर्थिक विकास र समृद्धिका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.