रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तीन नयाँ मोटरसाइकल सार्वजनिक
काठमाडौं : रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा सार्वजनिक गरिएको हो।
त्रिवेणी ग्रुरुपका निर्देशक सुवाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन्। मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो।
यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि.मि.माइलेज दिने छ। यी मोटरसाइकल कालो, पहेँलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्। जसको मूल्य पाँच लाख ५० हजार रुपैयाँदेखि ५ लाख ६५ हजार रुपैयाँसम्म रहेको छ।