राष्ट्रियसभा निर्वाचन : सातजना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकियो, को कहाँ ?

राष्ट्रियसभा निर्वाचन : सातजना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकियो, को कहाँ ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातजना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको छ। पुष १९ गतेदेखि लागू हुनेगरी न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगले जनाएको छ।

२०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात जिल्ला न्यायाधीशहरूलाई सात प्रदेशका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल कोशी,धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी मधेश,मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की बागमती प्रदेशको निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो।

यसैगरी  कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद वास्तोला गण्डकी, दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की लुम्बिनी,सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल कर्णाली र कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई सु्दूरपश्चिम प्रदेशका लागि निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन अधिकृतले पुष १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.