विशेष उपचार शिविरमा ३ सय बढीले सेवा लिए
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकामा सञ्चालन गरिएको विशेष उपचार शिविरमा ३ सयभन्दा बढीले सेवा लिएका छन्। स्वास्थ्य शाखाले नर्जामण्डपमा आयोजना गरेको शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन्।
शिविरमा गाउँपालिकाको ५ र ६ वडावासीको स्वास्थ्य परीक्षण गरेर तीन लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदराज खरेलले जानकारी दिए ।
शिविरमा डा. राजेन्द्र लामाको नेतृत्वमा रहेको २० जनाको स्वास्थ्य टोलीले जनरल, स्त्रीरोग, भिडियो एक्सरे, रगत परीक्षण, क्षयरोग, इसिजी, पाठेघर परीक्षण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
७