न्यायको बाटो

न्यायको बाटो
सुन्नुहोस्

विद्युत् प्राधिकरणले बिजुलीको महसुल नतिरेका उद्योगको लाइन काट्यो । उद्योग बन्द भए । अर्थतन्त्र जर्जर भएका बेला उद्योगधन्दा, कलकारखाना बन्द हुनु हुँदैनथ्यो । एकातिर विद्युत् उत्पादन बढेको छ, निर्यातसमेत भइरहेको छ तर देशका उद्योगको लाइन काटिएको छ । त्यो पनि महसुल नतिरेको भन्दै । सर्वसाधारणले बिजुलीको बिल नतिर्ने हो भने दुई महिनापछि प्राधिकरण कैंची लिएर पुग्छ । तर उद्योगधन्दाको भने पाँच वर्षअघिदेखिको महसुल उठाउन सकेन । बेलामा बिल पठाएन । अहिले आएर उद्योगीले लोडसेडिङकै बेलाको महसुलजस्तो चर्काे भयो भन्ने दुःखेसोमात्रै गरेनन्, तिर्नै मानेनन् ।

सबैभन्दा पहिला त प्राधिकरण बेलामा बिल पठाउन चुक्नु नै ठूलो कमजोरी हो । समय घर्केपछि छुट बिलभन्दा उद्योगी, व्यवसायीलाई शंका लाग्नु स्वाभाविक छ । त्यसैले नै ६१ उद्योगधन्दा जसको लाइन काटियो, तीमात्रै होइन उद्योगी व्यवसायीका संस्था सरकारसँग चिडिएका छन्, जसले लाइन काट्न प्राधिकरणलाई निर्देशन दियो । डेडिकेटेड र ट्रंकलाइनका ग्राहकमध्ये पनि उद्योगहरू ट्रंकलाइनको सुविधामा थिए । लोडसेडिङका बेला पनि उनीहरूलाई बिजुली दिइएको थियो र महसुल भने केही महँगो थियो । लोडसेडिङ हटेको नौ महिनापछिमात्रै छुट बिल प्राधिकरणले उद्योगीलाई पठायो । जबकि नियमले भने प्रत्येक दिन खपत भएको बिजुलीको रेकर्ड लिनेदिने गर्नुपर्छ भन्छ । तर महिनौंसम्म पनि प्राधिकरण चुप लागी बसेर पछि बिल पठायो । यो भनेको पद्धति र थितिको अभाव हो ।

नियमानुसार जेजे गर्नुपर्ने हो, त्यो समयमै गरेको भए समस्या आउने थिएन । विद्युत् प्राधिकरणले ६१ उद्योगको महसुल २१ अर्ब रुपैयाँ उठाउनुपर्ने भनेपछि स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहालले लाइन काट्न निर्देशन दिए । तर भइदियो के भने उद्योग धन्दामात्रै अप्ठेरोमा परेनन्, मजदुर र कर्मचारीहरूको रोजीरोटीमै बाधा पर्न गयो । विद्युत् प्राधिकरणले जायज महसुल उठाउन पाउनुपर्छ, उठाउनुपर्छ । उद्योगीले तिर्नुपर्छ । तर उद्योगधन्दा बन्द चाहिँ कुनै हालतमा हुनुहुँदैनथ्यो, हुँदैन । उद्योग पनि बन्द नहुनेमात्रै नभई तिनलाई मर्का नपर्ने र अन्याय नहुने गरी प्राधिकरणले महसुल पाउने न्यायोचित बाटो अवलम्बन गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.