कोरोनापछि अल्मलिएको पर्यटन

कोरोनापछि अल्मलिएको पर्यटन
फाइल तस्बिर।
सुन्नुहोस्

हिजोको त्यो कोरोना महामारीकाल सम्झँदा कस्तो नरमाइलो लाग्छ। जो कोहीलाई उबेलाको त्यो कहालिलाग्दो अवस्था सम्झन मन लाग्दैन। यसका विविध कारण छन्। यो सन्दर्भ भने पर्यटनको हो। हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको बुहानबाट फैलन सुरु भयो ‘नोबेल कोरोना भाइरस’। पछि कोभिड–१९ नाम दिइएको उक्त महामारीले सन् २०२०, २१ र २२ मा नेपाली पर्यटनमात्रै नभएर विश्व पर्यटनमै ठूलो धक्का लाग्यो।

हुन त आज सम्झँदा त्यस्तो समय पनि आएको थियो र ? 

भन्ने लाग्छ। तर त्यसको प्रत्यक्ष भुक्तभोगी र साक्षी हामी नै छौं। अकस्मात फैलिएको कोरोना महामारी विश्वव्यापी रूपमा डरलाग्दो अवस्थामा पुग्छ भन्ने कसैले सोचेका थिएनन् सायद ! तापनि नसोचेको ‘स्केल’मा महामारी फैलियो। लगभग ७० लाख मानिसको अकालमै मृत्यु भयो भने करोडौं कोरोनाबाट पीडित भए। हुन पनि त्यो वेला कोभिडले विश्वलाई कहाँ पु¥याउला ? भन्ने आकलन विश्वका कुनै पनि सरकार प्रमुख, राष्ट्र प्रमुखका साथै विश्व स्वास्थ्य संगगठन (डब्लूएचओ)का प्रमुख अनि विश्वका भाइरल रोगविज्ञ र वैज्ञानिकहरूले गरेका थिएनन्।

त्यसो भएपछि उग्र राष्ट्रवादको कुरो गर्ने विभिन्न देशका शासकहरूको के कुरो गराई भयो ? जस्तो कि त्यो बेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उदाहरण हुन्। ट्रम्पले कोभिड–१९ लाई नभनेर ‘चाइनिज भाइरस’ भनेका थिए। उनले त उक्त ‘चाइनिज भाइरस !’ सन् २०२२ को मार्च लाग्दा नलाग्दै हराएर जाने र अमेरिकीहरूले बिना कुनै वाधा–व्यवधान र रोकावट ‘इस्टर पर्व’ आरामले बनाउन पाउने बताएका थिए। ट्रम्पले भनेभैmँ ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) तत्काल हटेर जानुको सट्टा झनै फैलँदै गएर विश्वव्यापी महामारीको रूप लियो। त्यति मात्रै नपुगेर स्वयम् ट्रम्पलाई पनि कोरोना भाइरसले छाडेन।

त्यसबेला विश्वका एकसे एक भाइरल रोगविज्ञ र वैज्ञानिकहरूबीच (कोभिड–१९) को महामारी कति लामो समयसम्म तन्किन्छ  वा सधैं रहिरन्छ ? भन्ने सम्बन्धमा मतैक्य रहेको थिएन। किनभने केही भाइरल रोगविज्ञ र वैज्ञानिकले सन् २०२०–०२१ मै ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) हराएर जाने बताउँथे भने, कुनै कुनै भाइरल रोग विज्ञ र वैज्ञानिकले चाहिँ सन् २०२३–०२४ सम्ममा ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) को असर रहने बताउँथे। त्यस्तै थोरै भाइरल रोग विज्ञ र वैज्ञानिकहरूले चाहिँ ‘नोभेल कोरोना भाइरस’ अर्थात् (कोभिड–१९) विश्वबाट निमिट्यान्न भएर नजाने, त्यसैले यो भाइससँग लड्ने क्षमता बढाउँदै र नयाँ तरिकाले बाँच्न सिक्नुपर्ने भनाइ राख्ने गर्थे।

सन् २०१९ को डिसेम्बरमा चीनको बुहानबाट सुरु भएको कोभिड–१९ ले जसरी विश्वव्यापी रूपमा महामारी बनेर फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा मुर्दा शान्ति छायो। जसकारण विश्व पर्यटनमा सोच्दै नसोचे स्तरमा ‘डाउन–फल’ भयो। तर, सन् २०२३ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको संकेत मिलेको छ। किनभने सन् २०२२ मा नौ सय मिलियन अर्थात् ९० करोड पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए। सन् २०२१ मा ६६७.७३ मिलियन विभिन्न देशका पर्यटकले विश्व भ्रमण गरेका थिए। त्यस्तै गरेर सन् २०२० मा ४ सय १५ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए। जबकि सन् २०१९ मा एक दशमलव पाँच विलियन पर्यटक भ्रमण गर्न निक्लेका थिए।

नेपालको पर्यटन इतिहासमा सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक नेपाल भ्रमण गर्न आएका थिए। स्मरणीय छ, सन् २०१९ मा (झन्डै १२ लाख) ११ लाख ९७ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यस्तै, सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा त केवल १ लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए। तर, सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। भन्नै पर्दा सो संख्यालाई नेपाली पर्यटन व्यवसायीले अपेक्षा नै गरेका थिएनन्। जे भए तापनि हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १० लाखको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएका छौं। तर हालसम्मको अवस्था हेर्दा १० लाख अलिक नपुग्ने देखिन्छ।

पछिल्लोपटक (११ महिनामा) नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या हेर्दा ईस्वी संवत्को २०२३ मा ९ लाख ५० हजार चाहिँ कट्ने देखिन्छ। हुन पनि सन् २०२३ को ११ महिनामा नेपालमा ९ लाख १८ हजार ३ सय ८ विदेशी पर्यटकले भ्रमण गरिसकेका छन्। त्यस्तै विगतका तथ्य–तथ्यांक हेर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अरूबेलाभन्दा केही बढी नै संख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। त्यसो भए तापनि सन् २०२३ को बाँकी एक महिनामा चाहिँ बढीमा ६०–६२ देखि ६५–६६ हजारसम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान् कि ? भनी अनुमान गर्न सकिन्छ।

विगतदेखिकै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याको तथ्यांक हेर्दा डिसेम्बर महिनामा (अन्य चालू महिनामा भन्दा) ३३–३५ प्रतिशतदेखि ३७–३९ प्रतिशतसम्म कम संख्यामा आउने गरेका छन्। त्यसैले यस वर्ष (सन् २०२३ मा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अपेक्षाअनुसार १० लाख पुग्ने वा १० लाख नाघ्ने सम्भावना धेरै कम मात्रै छ। यसअघि जे भए पनि अब सरकार पर्यटन क्षेत्रमा स्पष्ट भएर अघि बढ्नुपर्ने हो तर मौनजस्तै छ। आखिर कतिञ्जेल ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.