भन्सार छलेर ल्याएको प्याज र चिनी बरामद
बुटवल : वडा प्रहरी कार्यालय बुटवलबाट खटेको गस्ती प्रहरी टोलीले शुक्रबार अवैध प्याज र चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएका ७ सय ७५ किलो प्याज र २ सय किलो चिनी बरामद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्वर १० रामनगरस्थित पूर्व पश्चिम राजमार्गबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएका प्याज र चिनीलाई भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।