नेपाल-भारत संयुक्त आयोगको बैठक पुस १९ मा, विदेशमन्त्री एस जयशंकर आउँदै

नेपाल-भारत संयुक्त आयोगको बैठक पुस १९ मा, विदेशमन्त्री एस जयशंकर आउँदै

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन।

भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्।

नेपाल-भारत संयुक्त आयोगको बैठक पुस १९ गते नै बस्नेछ। बैठकमा नेपाल र भारतबीच द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ। मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकमा भारतसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा पनि हस्ताक्षर हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदले यसअघि नै विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो। 

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ।

परराष्ट्र मन्त्रालयले उनीहरूको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नेछ। विदेशमन्त्री एस जयशंकरको टोली पुस २० गते भारत फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.