सडकबाट खसेर युवकको मृत्यु

सडकबाट खसेर युवकको मृत्यु

दार्चुला : दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ। अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा३क ४१९८ नम्बरको स्काभेटरमा सहयोगीका रुपमा काम गदैँ आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन्। 

सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.