ॐकार ध्वनि गुञ्जन !
ॐ कार ध्वनि गुज्जन देऊ पशुका पनि पति महाराजा। निमुर्खा जनताका राजचल्दो नै भए। बल्दो कतै नेपाल राज्यका लोकतान्त्रिक गणतन्त्रमा।
शरीर–मन–अन्तर चेत ! हेर्दा यसो देखिन्छ अन्तर। फरक देखिने झ्वाट्ट झट्ट हेर्दा। होइनन् फरक यी तीन तत्व। एकै बनिएर नि अलगअलग फरकिने यी भाववस्तु फर्किएर पनि एकाकार। एकाकार रहेर नि अन्तर लाग्ने तत्वमयी भावधारा। व्यक्तिपरक बन्छ। आँखा नदेख्नेले गरेको हात्तीको वर्णन ! छोयो अंग हात्तीको पहरा जस्तै अनुभूतिमय अभिव्यक्ति। कान छुनेले नाङ्लो। पुच्छर छोयो डोरी। खुट्टा छोयो थाम। यस्तै उस्तै !
अनभिज्ञताको झलक छनक। बन्छ यसमै नै बहकिएर बोल्दाको परिणाम। सकिन्न गर्न ठोकुवा लहर आफैं तरंगमा। लहरका रहरहरू रहन्छ बदलिने/मौसमी ज्ञानका ध्यान नराखिँदा मेलम्चीका जल उपयोग जस्तै भाद्रको अन्ततिर आएन। असोजको हप्तादिनसम्मै बनेका भक्तपुरका बासिन्दाका काकाकुल आँ आँ अवस्था ! ॐ कार ध्वनि गुज्जन देऊ पशुका पनि पति महाराजा निमुर्खा जनताका राजचल्दो नै भए। बल्दो कतै नेपाल राज्यका लोकतान्त्रिक गणतन्त्रमा।
पारख गर्ने साधना साधन खोज्नु नै कहाँ अन्तष्करण हराएछ अन्तस्करण जनमन हर्ने–चोर्ने हङवा चरुवा पूर्ववती यसै लीलामय चोला छलछामका। भोट निमुखा कपटविहीन झुत्रेझांम्रे सीधासोझा गाउँलेका। गाउँ ठग्ग्ने ठगहङका झुन्डैझुन्डले झुन्ड्याइएको राजधानी उपत्यका। झन्डै तीन सय वर्ष हाराहारी अगाडिको छलकपटविहीन आदिवासीका छैनन् पनि यत्ति कान्तिपुर महानगरी ! भएछ भ्रान्तिपुर आदिवासी जनमनहरू !
स्थूल शरीरमा अन्तर चेत घुसेपछि बन्छ चलायमान। जाँगर चल्छ सनैसने। स्फूर्ति निकाल्दै घडी घडी ! ॐ कार ध्वनि गुञ्जन मन्त्र ! मूलचेत बनेको रहस्य। ॐ कारमय सिर्जनशील मन्त्र ! भन्छौ हामी त्यसैले ॐ नमो शिवाय ! नमो वाणीश्वराय ! ॐ ध्वनि ! ॐ गुञ्जन ! ॐ अनुरणन /गुञ्जन गुञ्जिरहने ! गुनगुन धून ! धर्किरहने धर्कन। मृदुलमधुर झंकार। रन्किरहन्छ अल्पक्षण भरसम्म एकसमान उही धूनले। धूनका एकस्तरे मृदु रनक जुन रन्किरहन्छ निर्वछिन तालसुरले ! हामी हाम्रा प्रयासका अनुराग झंकृत रहुन् ! मनोबेगसहितको भन्कार अनुरणन् साथैसाथै/प्रयासभरिका अनुराग–अनुरागभरिका प्रयास जिउताभरिका प्रयास सजीव–सचेत/ॐकारमय झंकार भित्री तहसम्मकै गुञ्जन गुनगुन !
हो नै त हुन् गुनगुन अनुराग जीवनभरिका चेतहरूमा एक समान बराबर ! अनुराग भरिका राग– ताल सुर जीवनमय अनुराग ! लम्बिन्छ आयु श्वासप्रश्वासभरिका जीवन राग दीर्घ प्रलम्बित अनुराग ! जीवन अनुराग दीर्घ प्रलम्बित भने ! दीर्घ प्रलम्बित नै हुन्छन्। स्वच्छ पवन, चकमन्न वातावरण दीर्घायुको सूचक। वातावरण चकमन्न बन्न बनाउन मनै बन्नुपर्छ प्रथमत मन। त्यो नि आफ्नै मन पहिले। स्वच्छ मन स्वच्छ भूतल। देख्छ स्वच्छ मन सबतिर पावन पवित्र वातायन। हाम्रा प्राचीन प्रविधि थिए यस्तै। दीर्घायुका सबल आधार प्रविधिमय पूजन माता प्रकृति संरक्षण। भन्नु प्रकृति पूजन सम्बर्धनमा जुट्नु अम्लाजन (अक्सिजन) हरियाली प्रचुर अम्लाजनकै यथेस्थता। प्रचूर मात्रा अम्लाजन विद्यमान भएरै तीन हजार वर्ष उहिल्यै सिद्धार्थ गौतमले घना जंगलबीच मगनमस्त साधना तपजप सिद्धि गरे फलिभूत !
ओतप्रोत छौं हामी त्यसबाट मस्ति उस्तै हाम्रा अनुभूतिजन्य शिर साधना गरी ! शिरसाधना विवेक ब्रह्म प्रयुक्त गर्नु। विवेक ब्रह्म खुल्दा चेतन किरण झल्मलिन्छ। चेतन ब्रह्म आलोकित रहँदा चिन्ताहरण हुँदोरैछ। स्वतः सदा। ॐकार ध्वनि गुञ्जनका महिमा अपरम्पार...। ध्वनि गुञ्जनै गर्नु छ त ॐकारै सदा। शरीर भन्नु देह। देह जसमा चेतन तत्व हुन्छ रहेको चित्तवृत्ति ! चित्तवृत्ति आचरण शुद्धि। अन्योन्याश्रित छ, हुन्छ, रहेको पनि। चित्त वृत्तिले नै सदाशयता पूर्णयापन गर्न आचरण वृत्ति बनाउँदा। तब नै हामी हुन्छौं रहेका रुमली सदा। रुमलिन सक्दा बन्छ सदाबहार जीवन !
त्याग–तपस्या स्मरण फेरिफेरि रुमलिनु नै बन्द बहार जीवन। वृत्त घुमिरहने वृत्ति। वृत्तका सेरोफेरो गर्दै मार्नु चक्करबाटै हुन्छ वृत्ताकार। परिक्रमा चक्र नै वृत्तिका वृत्त। सबै सबै हामी अनुरक्त छौं। हुन्छौं पनि। मोहित छौं त्यसमै। ध्यानमग्न छौं, रहेका हुन्छन् प्रकृति– पर्यावरण पृथ्वी सदाबहार। अनुरक्त यावत् प्राणी चराचर जगत। सदाबहार महिनौ महिनौं बाह्रैमास...। जीवन मोह यही। सुखद ठान्छौ, मान्छौं चाडपर्व। रमाउँछौ कुलायन संस्कार–
संस्कृति– परम्परा गौरवशाली। भन्दै गरेको छु– जयतु संस्कृति– सुसंस्कृतम !!
बिट मार्नु अघि फेरिफेरि पुनरावृत्त गर्छु। आनन्दित बन्छु। उद्यत् रहूँ–रहूँ लाग्छ आजीवन ! सम्भवामी युगेयुगे। थाम्न धर्म – संस्कार जोगाड अनि संरक्षणार्थ सधैं भरिभरि ! ॐकार ध्वनि गुञ्जन अनुरणन रहुन् सदासर्वदा सबै ऋतु अनुकूल ! बन्न विभोर अन्तरालबाटै। गुञ्जन ध्वनि निर्मित आत्म बियोरीकै लागि।
आत्मबोधी उदयाचल उछिन्छ ध्वनि गुञ्जन ॐकारले ॐमकार ध्वनि गुञ्जन गर्दै गर्नु कर्णपट खुन्दछ स्वत– आफैं। मूल्य लागोइन होइन। लाग्दै लाग्दैन। मूल्य भन्नु यसको मात्र अनवरत प्रयास। चिन्तन चिन्मय आफैं। अन्तर ध्यान। भित्री भाव– धारणा। दुहुनु दोहन मन आफंै अन्तर्य। खुल्छ
झलमल झल्किने गरी...।
ॐ कार ध्वनि अनुरतित हुन्छन्। अवरुद्ध नागेन्द्रिय खुल्छ स्वतः आफैं। न श्रम, न अर्थोक कै पर्छ खाँचो। अर्थको अर्थ रहन्न सीमित अर्थशास्त्रीय रेचकी तन्त्र भन्दा उन्मुक्त माथि। मात्र चाहिन्छ, तन्मय चिन्तन ध्यान मान आस्था। आस्थाले ध्यानमग्यता उद्भव गराउँछ। गर्छ आस्थाको उद्भव ध्यान अमलाले। हुन् अन्योन्याश्रित परस्परमा यी दुई। अवरुद्ध श्रवणेन्द्रिय निःसंकोच स्वच्छ सफा, इन्द्रियमा पुनरावृत्त गर्छ, गराउँछ।
ॐकार ध्वनि गुञ्जन !