न्याय प्राप्तिमा अझै पनि ढिलासुस्ती छ : मन्त्री गुरुङ

न्याय प्राप्तिमा अझै पनि ढिलासुस्ती छ : मन्त्री गुरुङ
सुन्नुहोस्

स्याङ्जा : कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुद्दा अभियोजनमा देखिएको समस्यालाई सुधार्दै लैजानुपर्ने बताएका छन्। नेपाल प्रेस यूनियन स्याङ्जाले गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मुद्दा अभियोजनका बेला वास्तविक कुरा उल्लेख गरेमात्र दोषका आधारमा सजाएको भागिदार हुने बताएका हुन् । 

‘प्रमाणका आधारमा न्यायधीशले न्याय दिने हो। न्यायाधीश निष्पक्ष हुनुपर्छ।’ उनले भने, ‘न्याय प्राप्तिमा अझै पनि ढिलासुस्ती छ। परम्परागत शैली कायमै छ।’ न्यायमा सबैको समान पहुँच र अवसर पाउनुपर्नेमा उनले बताए।

सुशासन कायम राख्ने अभियानमा सरकारले ठूला फाइल खोजेको उनले बताए। मौलाएको तस्कर तोड्न सफल भएको उनले जिकिर गरे। सुनकाण्ड र रसियामा सेना भर्तिमा मानव तस्करको संजाल भएको उनको दाबी छ। 

कांग्रेसका केन्द्रिय उपसभापति समेत रहेका गुरुङले राष्ट्रियसभा निर्वाचनमा राजनीतिमा क्रियाशिल भई अवसर नपाएकालाई अवसर दिइनेगरी छलफल चलेको बताए। विभिन्न १७ प्रकारका विधयेक विचाराधीन अवस्थामा रहेको र आउँदो अधिवेशनमा विद्ययक पारित भएपछि धेरै समस्या समाधान हुनेमा उनले जोड दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.