बालकुमारी घटनामा इपीएस शाखाका निर्देशकसहित तीन जना निलम्बित, सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाइयो

बालकुमारी घटनामा इपीएस शाखाका निर्देशकसहित तीन जना निलम्बित, सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाइयो
सुन्नुहोस्

काठमाडौं : बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले इपीएस शाखा कार्यालयका निर्देशकसहित तीन जनालाई निलम्बन गरेको छ। निलम्बित हुनेमा इपीएस शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ सहायक प्रहरी निरीक्षक बोधराज दनुवार रहेका छन्।

त्यस्तै गृहले ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई फिर्ता बोलाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले पण्डितलाई गृहमा फिर्ता बोलाइएको छ भने प्रमुख प्रमुख शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

गृहले घटनाको छानबिन गर्न समिति बनाएको बताउँदै समितिले प्रतिवेदन पेस गरेपछि दोषीलाई कारबाही गरिने उल्लेख गरेको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन्।

त्यस्तै घटनामा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतप्रति गृहले श्रद्धाञ्जली अर्पण गरेको छ। मृतकको परिवानरलाई सरकारले जनही १०-१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.