राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न कांग्रेसले बनायो मापदण्ड, अवसर नपाएकाले प्राथमिकता पाउने

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न कांग्रेसले बनायो मापदण्ड, अवसर नपाएकाले प्राथमिकता पाउने
कांग्रेसको सूचना विभाग प्रमुख मीन विश्वकर्मा।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड बनाएको छ। पार्टी कार्यालय सानेपामा तीन दिन चलेको केन्द्रीय समितिको बैठकले उम्मेदवार बन्न मापदण्ड तोकेको हो।

मापदण्डअनुसार अवसर नपाएकाहरूले प्राथमिकता पाउने पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले बताए। 'राष्ट्रियसभामा कस्तो उम्मेदवार बनाउने विषयमा लामो छलफल र बहस भयो। बैठकले त्यसका लागि मापदण्ड तोकेको छ,' उनले भने, 'अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान पुर्‍याए पनि पटक-पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई प्राथमिकता दिने निर्णय गरेको छ।'

यसअघि पटक-पटक निर्वाचनमा उठे पनि पराजित भएकाहरूको हकमा भने मूल्यांकन गरिने उनले बताए। 'अवसर पाएर पनि लिन नसकेको हकमा मूल्याकंन गर्ने कुरा भएको छ,' उनले भने।

त्यस्तै बैठकले ९ वटा निर्णय गरेको छ। जसअनुसार पार्टीको महासमिति बैठकको नयाँ मितिलाई अनुमोदन गर्ने, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ गतेभित्र सम्पन्न गर्ने, जाजरकोट भूकम्प प्रभावितको स्थायी घर टहरा निर्माण गर्ने लक्ष्य पूरा गरेको र त्यस अभियानलाई निरन्तरता दिने, सुशासन जनताले थाहा पाउनेगरी कायम गर्न सरकारसँग माग गर्ने निर्णय भएको विभाग प्रमुख विश्वकर्माले बताए।

त्यस्तै बालकुमारी घटनाका विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत कांग्रेसले गरेको छ। बैठकको निर्णय सम्बन्धनमा कांग्रेसले भोलि (आइतबार) १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.