परासीमा ४२ करोडको लागतमा सडक विस्तार

परासीमा ४२ करोडको लागतमा सडक विस्तार
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिकामा करिब ४२ करोडको लागतमा सडक विस्तार कार्य सुरु भएको छ। पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी रामग्राम नगरपालिका–६ पोखरापालिदेखि वडा नम्बर १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्ताको काम सुरु भएको हो। बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी सडक विस्तार गर्न लागिएको नगर प्रमुख धनपत यादवले बताए। 

पण्डितपुर कोलीय गणराज्यको एक प्राचीन सहर भएको भौतिक सर्भे (जियोफिजिक्स) का क्रममा पुष्टि भएको स्थान हो। विश्व बैंकको ऋण सहयोग र संघीय सरकारको अनुदानमा विस्तार हुन लागेको सडकको लम्बाइ साढे ५ किलोमिटर छ। 

लागतअनुसार पण्डितपुरसम्म सडक विस्तार गर्न सकिने छैन। पण्डितपुर पुग्नका लागि बाँकी रहने ३ किलोमिटर सडक विस्तार नगरपालिकाको पहलमा क्रमशः गरिँदै लगिने मेयर यादवले जानकारी दिए।  

६४ करोडमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले ४१ करोड ८६ लाखमा ठेक्का सकारेको प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताए। असोजमा सम्झौता भएको उक्त सडक १८ महिनाभित्र सम्पन्न हुने छ। 

२०७४ सालमा छनौटमा परेको उक्त सडक योजनाको काम अघि बढाउन २०७८ सालमा पुगेर रामग्राम नगरपालिका र नेपाल सरकारबीच सहमति भएको थियो। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको उक्त सडक दुई लेनको हुने छ। 

सडकको कुल चौडाइ ४१ फिट रहेको छ। जसमा साढे २४ फिट कालोपत्रे सडक हुने छ। बाँकी स्थानमा नाला, फुटपाथ, गार्डेन, स्ट्रेट लाइट लगायतका संरचनाहरू निर्माण हुने नगरपालिकाले जनाएको छ। 

हाल जीर्ण रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सिधा सम्पर्क स्थापित गर्ने सुविधा सम्पन्न सडक हुने छ भने पुरातात्त्विक स्थलहरूको प्रवर्द्धनमा पनि यो सडक सहयोगी हुने नगरपालिकाले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.