गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त
सुन्नुहोस्

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन्। टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन्।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू  लगातय समावेश छन्।  यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतङ्ककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ।

प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा  रहेको बताएको छ। यद्पि त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।

यसैबीच, इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा थुप्रै आतङ्कवादी कक्षहरू र पूर्वाधारहरूमा आक्रमण गरेको  इजरायली सेनालाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
गाजा शहरका सेनाले गत दिन विभिन्न ठाउँमा दर्जनौं आतङ्ककारीहरूलाई मारेको बताइएको छ।

सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर  बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ।

टाइम्स अफ इजरायलले चिकित्सक र प्यालेस्टिनी पत्रकारहरूलाई उद्धृत गर्दै मध्य गाजामा रहेको नुसेरात शिविरमा हवाई हमला भएको बताएको छ। यस क्षेत्रमा पछिल्लो समय सैन्य हमला तीव्र भनेको छ र ठूलो जनधनको क्षति भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.