बर्दियाबाट कृषि भ्रमणमा गएको बस दाङमा र्दुघटना
गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ स्थित मैनापोखरबाट दाङ कृषि भ्रमणमा गएको रिजर्व बस र्दुघटना भएको छ । भे १ ख २०४१ नम्बरको बस सडक किनारको पहाडी ढिस्कोमा ठोकिएर र्दुघटना भएको हो ।
तुल्सीपुर नगरपालिका वडा नम्बर १३ स्थित सडकखण्डमा ३० जना सवार गाडी ढिस्कोमा ठोकिएर पल्टीएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उप महासचिव शम्भु रिजालले जानकारी दिए ।
र्दुघटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगञ्ज रेफर गरिएको र अन्य २६ जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भैरहेको उनले बताए । गाडी किन र कसरी र्दुघटना भयो भन्ने बारेमा अनुसन्धान भैरहेको छ ।