रुसद्वारा युक्रेनको किभ र खार्किवमा पुन: आक्रमण
युक्रेनी अधिकारीहरूले रुसी ड्रोनले फेरि आक्रमण गरेको बताएका छन्। राजधानी किभ र खार्किभका आवासीय भवनहरूमा बम विष्फोट र आगलागी भएको खबर प्राप्त भएको छ ।
यस आक्रमणमा भएको हताहतीको बारेमा अझै धेरै जानकारी प्राप्त भएको छैन।
यस आक्रमणलाई युक्रेनले रसियामाथि शनिबार गरेको आक्रमणको जवाफका रूपमा लिइएको छ । युक्रेनले भने शनिबार रुसमाथि गरिएको हमला रुसी आक्रमणको जवाफ भएको बताएको छ ।
रुसले शुक्रबार युक्रेनमा आक्रमण गरेको थियो ।
युक्रेनी हमलाबाट रुसमा २० जनाको मृत्यु भएको बताएको थियो । शुक्रबार युक्रेनमा भएको आक्रमणमा ३९ जनाको मृत्यु भएको जनाइएको छ । बीबीसी