राष्ट्रियसभा निर्वाचनमा कांग्रेस एक्लै चुनाव नलड्ने, सत्तारुढ दलसँग गठबन्धन गरेर उम्मेदवार उठाउने

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस एक्लै चुनाव नलड्ने, सत्तारुढ दलसँग गठबन्धन गरेर उम्मेदवार उठाउने
सुन्नुहोस्

काठमाडौं :  नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलसँग गठबन्धन गरेर जाने निर्णय भएको छ। आइतबार दिउँसो पत्रकार सम्मेलनमा पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले सहमतिको आधारमा साझा उम्मेदवार उठाउने केन्द्रीय समितिले निर्णय गरेको जानकारी दिए। 

यस अगाडि कांग्रेस महामन्त्री गगन थापा, शेखर कोइरालाले आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने उद्घोष गरेपनि सत्तारुढ गठबन्धनमा आवद्ध दलसँग गठबन्धन गरेर जाने निर्णय गरेको हो।

विश्वकर्माका अनुसार प्रदेश समितिले विधान अनुसार सिफारिस आएका नाम, स्वच्छ छवि भएका, हालसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान पुर्‍याए पनि पटक-पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई प्राथमिकता दिने निर्णय गरेको छ।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। त्यसैगरी कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुँदैछ भने एक जनालाई सरकारले मनोनित सिफारिस गर्नेछन्।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.