गोरखामा तमु ल्होसार धुमधामले मनाइयो

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो
सुन्नुहोस्

गोरखा : तमु समुदायको उद्गमस्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ। गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भ्रातृ तथा भगिनी संस्थाहरूले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार धुमधामले मनाएका हुन्।

बिरालो वर्गलाई बिदाइ र गरुड वर्गलाई स्वागत गर्दै तमु समुदायले आइतबार धुमधामले ल्होसार मनाएका हुन्। आइतबार बिहान विभिन्न झाँकीसहित मौलिक भेषभुषामा ठाँटिएका तमु समुदायका र्‍यालीले गोरखा बजार परिक्रमा गरी रंगशालामा औपचारिक कार्यक्रमको आयोजना गरेका थिए। 

उनीहरूले गोरखा जिल्ला एवं गण्डकी प्रदेश तमु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ तमु एवं अरू आदिवासी जनजातिहरूकै अग्राधिकार हुनुपर्ने बताएका थिए। आइएलओ १६९ मा जल, जमिन, जंगलमा आदिवासी जनजातिको अग्राधिकार हुनुपर्नेमा त्यसो नभइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

ल्होसार गुरुङ समुदायको प्रमुख चाड भएकाले यसको ठूलो महत्व रहेको संरक्षक समितिका संयोजक टेकबहादुर गुरुङको भनाइ छ। गोरखा गुरुङ समुदायको बाहुल्यता भएको जिल्ला हो। दुई लाख ५१ हजार २७ जनसंख्या रहेको गोरखामा सबैभन्दा धेरै जनसंख्या गुरुङ समुदायको छ। 

२०७८ सालको जनगणनाअनुसार गोरखामा गुरुङ समुदायको जनसंख्या ५२ हजार २२१ रहेको छ। गोरखाका ११ वटा पालिकामध्य विशेषगरी धार्चे, बारपाक सुलीकोट, अजीरकोट र सिरानचोक गाउँपालिकामा अधिकांश गुरुङ समुदायको बसोबास छ। प्रत्येक गाउँपालिकामा तमु समुदायको  बसोबास रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.