डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा
![डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा](https://annapurnapost.prixacdn.net/media/albums/denmark_NbVuI1fC2g_iYYzScD3o7.jpg)
एजेन्सी : डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छन्। नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा आइतबार भाषणका क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन्।
८३ वर्षाीया महारानीले पद त्यागपछि आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने बताएकी छन्। स्वास्थ्य समस्याका कारण यस्तो निर्णय लिन पुगेको उनको भनाइ छ।
उनका पीता राजा फ्रेडरिकको मृत्यु भएपछि उनले १९७२ सालमा राजगद्दी सम्हालेकी थिइन्। उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने डेनमार्क सरकार र जनतालाई धन्यवाद दिएकी छन्।
डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकले भने महारानीको घोषणाप्रति धन्यवाद व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)