दुईजना युवाको हत्या भएको घटना सामान्य होइन,त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री

दुईजना युवाको हत्या भएको घटना सामान्य होइन,त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य नभएको बताएका छन् । सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले दुईजना युवाको हत्या भएको विषय गम्भीर रहेको बताए।

प्रधानमन्त्री दाहालले भने,'दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैलै यो घटनालाई गम्भीर रुपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । ' प्रधानमन्त्री दाहालले राजनीतिक प्रणालीमाथि आक्रमण भएको त होइन भन्ने भान समेत परेको बताए।

'सो  घटना जस्तो देखिएको छ त्यस्तो छैन। त्यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्रत्र र गणतन्त्रका विरोधमा डिजाइन छैन त भन्ने प्रूप त  होइन। यसकारण तुरून्त निलम्बन गर्ने र उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।'

प्रधानमन्त्री दाहालले घटनामा दोषी देखिए जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए। उनले घटनाबारे सरकारले गर्नुपर्ने र गर्नसक्ने काम तुरून्त गरेको दावी गरे।

प्रधानमन्त्री दाहालले मृतकका परिवारका दुईजना सदस्यलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरो राजनीतिक तहमा छलफल भइरहेको बताए।

इपीएस भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको छ।

सो घटनामा निष्पक्ष छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.