मान्छे टोक्दै हिँड्ने कुकुर नियन्त्रण गर्न ‘रेस्क्यू टिम’ बोलाउँदै

मान्छे टोक्दै हिँड्ने कुकुर नियन्त्रण गर्न ‘रेस्क्यू टिम’ बोलाउँदै
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिका-१ को गंगापथ टोलमा रहेको एक टोकाहा कुकुरलाई तीन दिनदेखि गरिएको नियन्त्रणको प्रयास सफल हुन सकेको छैन। 

उक्त टोकाहा कुकुरले ४/५ जनालाई टोकिसकेको छ। लामो समयसम्म नियन्त्रणमा लिन नसकेपछि बुटवलबाट टोली मगाउने प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ।

टोलमा आवतजावत गर्ने जो कोहीलाई पनि कुकुरले झम्टिने गरेको छ। जसका कारण स्थानीयलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ। उक्त कुकुर घरपालुवा थियो। 

घरधनीलाई समेत टोक्न थालेपछि घरमा नगई केही दिनदेखि कुकुर बाहिर हिँड्न थालेको हो। उक्त कुकुर कसैको घरको ढोकामा गएर बसिदिएपछि घण्टौंसम्म बाहिर भएका घरधनी बाहिरै र भित्र भएका भित्रै बस्नु पर्ने बाध्यता छ। ‘ धपाउँदा टोक्न आउँछ आफ्नै सुरमा गएपछि मात्र घरभित्र पस्ने र बाहिर निस्कनु पर्ने टोलबासीलाई बाध्यता छ’, स्थानीय सीता कुँवरले भनिन्।  

नियन्त्रणमा लिन गएको नगर प्रहरी, स्वास्थ्य शाखाको टोली र अन्य कर्मचारीको टोलीलाई उल्टै झम्टिन थालेपछि त्यसै फर्किने गरेका छन्। ‘पटक पटक प्रयास गर्दा पनि समात्न सकिएन, बुटवलको एक संस्थामा कुकुर नियन्त्रण रेस्क्यु टिम रहेछ, त्यसैलाई बोलाउँदै छौं। आज भोलिमा आएपछि नियन्त्रणमा लिने प्रयास गर्छौं,'नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले भने। 

केही दिनदेखि नगर क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ। हरेक दिन कुकुरले टोकेका सर्वसाधारणको संख्या पनि बढेको छ तर त्यसको व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको स्थानीय बताउँछन्। 

पछिल्लो पटक धेरै जनालाई भुस्याहा कुकुरले टोकेको जानकारी पाएको बताउँदै नियन्त्रणका लागि प्रयास गरिने रामग्राम नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सम्झना चौधरीले बताइन्। ‘पहिला भुस्याहा कुकुरलाई मारेर नियन्त्रण गरिन्थ्यो, अहिले मार्न पाइँदैन त्यसले गर्दा पनि भुस्याहा कुकुरको संख्या बढेको छ। कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल गरेर अगाडि बढ्छौं’, कार्यवाहक नगर प्रमुख चौधरीले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.