माघको पहिलो साता मेलम्चीको पानी काठमाडौंमा

माघको पहिलो साता मेलम्चीको पानी काठमाडौंमा
फाइल तस्बिर।
सुन्नुहोस्

सिन्धुपाल्चोक : खानेपानी मन्त्री महेन्द्रराय यादवले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौंमा पुग्ने बताएका छन्। मुहान स्थल अवलोकनका लागि आएका मन्त्री यादवले माघको पहिलो साता नै पानी काठमाडौ पुग्ने दाबी गरे। मन्त्री यादवले द्रुत गतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौंमा पुग्ने कुरामा ढुक्क हुन उपत्यकावासीमा आग्रह गरे। आयोजनाका स्थानीय भेन्डरहरू, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धता पछि अहिले तीव्र गतिमा काम भइरहेको बताउँदै उनले तोकिएकै मितिमा पानी झार्न सकिने बताए।

‘मैले पटकपटक मेलम्ची खानेपानी आयोजनाको अध्ययन र अनुगमन गरिरहेको छु’, मन्त्री यादवले भने, ‘पछिल्लो अवस्था हेर्दा काम द्रुत गतिमा भइरहेको देखिन्छ। हामीले माघको पहिलो साता नै काठमाडौंमा पानी लैजाने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीलाई भनेका छौं।’ अम्बाथानस्थित गेट सफा गर्ने काम भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। उनले यही गतिमा काम भइरहने हो भने लक्ष्यअनुसार पानी पठाउन सकिने बताए। दैनिक १६ घण्टा ३० देखि ३५ कामदारले काम गरिरहेको बताउँदै कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको बताए।

माघको पहिलो साताबाटै दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने सरकारको तयारी छ। अवलोकनमा मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशलकिशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कीअहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य विष्णुमणि आचार्यलगायको समूह अम्बाथान पुगेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.