भीम रावलको आक्रोश : बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइनमा भयो भनेर प्रधानमन्त्रीले मोड्न खोज्दैछन्

भीम रावलको आक्रोश : बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइनमा भयो भनेर प्रधानमन्त्रीले मोड्न खोज्दैछन्

काठमाडौं : पूर्वउपप्रधान,गृहमन्त्री तथा नेकपा एमालेका नेता भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालकुमारी घटनाप्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री दाहालले दुईजना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनालाई गणतन्त्र र लोकतन्त्रको विरुद्धमा गरिएको षडयन्त्र बताएपछि नेता रावलले घटना अन्तै मोड्न खोजेको आरोप लगाएका हुन्।

सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको हुनसक्ने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री दाहालले घटना सामान्य नभएको भन्दै घटना बाहिर देखिएजस्तो नभएको  र त्यहाँ केही न केही षडयन्त्र भएको आफूले अनुभूत गरेको बताएका थिए। 

नेता रावलले बालकुमारी घटना राज्यप्रणालीविरुद्धको षडयन्त्र भनेर प्रधानमन्त्री दाहाल नै घटनालाई अन्तैतिर मोड्न खोजेको आरोप लगाएका छन्।
 
नेता रावलले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,'गिरिजा प्रसाद कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए।उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइनु भएको भनेका छन्। कस्तो र कसले गरेको? प्रमले भन्नु पर्छ। अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रमको डिजाइन हुनसक्छ।'

कोरियन भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीमा विरोध प्रदर्शनमा उत्रिएका यु्वाहरूमाथि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको छ।

सरकारले सो घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.