नेप्सेमा भारी गिरावट,कारोबार रकम पनि घट्यो

नेप्सेमा भारी गिरावट,कारोबार रकम पनि घट्यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सार्वजनिक बिदा रहेर सोमबारदेखि खुलेको बजारमा मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेको हो । सोमबार ८.७५ अंकले घटेको नेप्से मंगलबार १.४५ प्रतिशतले नकारात्मक रहेर २०३०.१० अंकमा कायम भयो । यस्तै सेन्सिटिभ इन्डेक्स ४.५४ अंकले घटेर ३८०.५३ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले पटकपटक सुधारको प्रयास गरेपनि दिनैभर रातो देखिएको थियो । कारोबारमा आएका २ सय ५ स्क्रिप्टको सेयर मूल्य घट्दा नेप्से घटेको हो । यसदिन ३७ वटाको मूल्य बढेका छन् भने ३ स्क्रिप्टको भाउ यथावत रहे ।

बढ्नेमा सीईबीडी चिख्र्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ र लक्ष्मी लघुवित्तको सेयर अगाडि रहे । चिख्र्वाको भाउ सर्वाधिक १० प्रतिशतले बढ्यो । यस्तै सनराइज फस्र्ट म्युचुअल फन्डको इकाइ मूल्यमा ५.९ प्रतिशतको वृद्धि देखियो । यता हिमालयन हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाए । बढी भाउ घट्नेको सूचीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, दोर्दी खोला जवि, मेगा म्युचुअल फन्ड १  अपर हेवाखोला हाइड्रोको इकाइ पनि परेका छन् ।

नेप्से घटेको दिन दिनभर ८५ हजार ४ सय ३५ कारोबारमार्फत् ३ सय ५ स्क्रिप्टका १ करोड ११ लाख ८५ हजार ७ सय १२ इकाइ सेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२ रुपैयाँमा किनबेच भए । कारोबार रकम गत बिहीबारको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।

दिनभर सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको १६ करोड ११ लाखको सेयर किनबेच हुँदा कारोबार रकमका आधारमा हावथे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, सोनापुर मिनिरल्स एन्ड आयल र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष ५ मा रहे । दिनभर हाथवेको १५ करोभन्दा बढीको सेयर किनबेच भए ।

समूहगत उपसूचकतर्फ सबै समूह राताम्मे बने । तीमध्ये सबैभन्दा बढी होटल तथा पर्यटन समूहमा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.