बुटवलमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
बुटवल : बुटवलमा माइक्रोबसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो तीन बजेतिर बुटवलको मिलनचोकमा लु १ ख ३३७४ नम्बरको माइक्रोबसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो।
अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । मृतकको पहिचान हुन नसकेको उनले बताए । शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।