अष्ट्रेलियामा मनाइयो टोपी दिवस

अष्ट्रेलियामा मनाइयो टोपी दिवस

अष्ट्रेलिया : प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइएको छ। मञ्चको आयोजनामा एडिलेड,पर्थ र राजधानी क्यानबेरामा सोमबार टोपी दिवस मनाइएको हो।

मञ्चको साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा एडिलेड सहरमा पदयात्रा गरिएको थियो। स्थानीय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुँदै सुरू भएको पदयात्रा एडिलेडको चर्चित वीच ग्लेनेल पुगेर पुन: जोन मिलर रिजर्भमा आएर समापन भएको थियो। 

मञ्चले साउथ एडिलेडमा १०१८ सालदेखि टोपी दिवस मनाउँदै आएको हो  । पदयात्रा पछिको संक्षिप्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दिपक धमलाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाल र नेपालीको इज्जत बढाउने गरी काम गर्न आग्रह गरेका थिए । धमलाले पासपोर्टलगायतका नेपाली समुदायका समस्या बारेमा समेत प्रकाश पारेका थिए ।

null 

कार्यक्रममा साउथ अष्ट्रेलियाकै पहिलो नेपाली मुलकी स्थानीय काउन्सिलर रेनुका लामाले नेपाली पहिचानलाई अष्ट्रेलियामा क्रियाशिल बनाउन सबैलाई अनुरोध गरिन् ।

साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले जन्मभूमि छोडेर प्रवासमा आउँदा ल्याइएका नेपाली संस्कृति जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउँदै नेपाली संस्कृतिलाई बहुसांस्कृतिक अष्ट्रेलियामा समृद्ध गर्न आयोगमार्फत् क्रियाशिल रहेको बताइन् । 

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले टोपी दिवस प्रारम्भको इतिहास कोट्याउँदै प्रवासमा नेपाली संस्कृतिलाई स्थापित गर्न सबै क्रियाशिल रहनुपर्ने बताए ।  चार सय बढीको सहभागीता रहेको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाको उल्लेखनीय उपस्थिति रहेको थियो । 

null

एडिलेडको कार्यक्रमका संयोजन गरेका एनआरएनए ओशियानका पूर्वसहसंयोजक अशोक केशीले नेपालको बारेमा  प्रचार र प्रवर्द्धन गर्नु मुल उद्देश्य भएकाले पदयात्राका क्रममा अष्ट्रेलियन समुदायका मानिसहरू सँग भएको कुराकानीले नेपाल र नेपालीप्रति सकारात्मक रहेको पाएको बताए । 

मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिका बारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए । 

यसैगरी  मञ्चका प्रचार विभाग प्रमुख अशिम कोइरालाले एडिलेडका अलावा पर्थ र राजधानी क्यानबेरामा समेत टोपी दिवस मनाएको जानकारी गराएका थिए।  पर्थमा आयोजित कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार भैरव ढकाल, स्थानीय काउन्सिलर  शानाभास पिटर, एनआरएनए अष्ट्रेलियाका पूर्वउपाध्यक्ष कृष्ण मान श्रेष्ठ,ओएनएफ ओशियाना सदस्य मधु पन्थी,ओएनएफ अष्ट्रेलियाका उपसचिव होम नाथ निरौला, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष शेखर घिमिरेलगायले मन्तव्य राखेका थिए।

null

प्रवासी नेपाली मञ्च क्यानबेराले आयोजना गरेको टोपी दिवस तथा बारबीक्युमा दुई सयबढी नेपालीहरूले सहभागिता जनाएको प्रचार विभाग प्रमुख कोइरालाले जानकारी दिए। कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया सदस्य किशोर भण्डारी,राज्यका अध्यक्ष अभिषेक उप्रेतीलगायतका वक्ताले नेपाली राष्ट्रिय पोशाक टोपीको महत्वका बारेमा प्रकाश पारेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.