झण्डै डेढघण्टा कामकाज ठप्प

प्रहरीले अस्वभाविक अनुसन्धान अगाडि बढाएको भन्दै त्रिअवि अध्यागमनका कर्मचारी रुष्ट

प्रहरीले अस्वभाविक अनुसन्धान अगाडि बढाएको भन्दै त्रिअवि अध्यागमनका कर्मचारी रुष्ट

काठमाडौं : प्रहरीले दु:ख दिने नियतले अनावश्यक छानबिन अगाडि बढाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले  काम रोकेका छन्। उनीहरुले बुधबार यात्रुहरुलाई आवागमन र प्रस्थान अनुमति समेत दिएनन्।

करिब डेढ घण्टा अनुमति नदिएपछि आवागमन र प्रस्थान कक्षमा यात्रुको चाप बढेको थियो। त्यसपछि यात्रुहरुले हो-हल्ला गरेका थिए। भिजिट भिसामा खाडिलगायत अन्य मुलुकमा जाने यात्रुहरुलाई प्रस्थान अनुमति दिने कर्मचारीको विवरण प्रहरीले खोजेपछि त्यहाँ हंगामा भएको हो।

स्रोतका अनुसार त्रिभुवन विमानस्थलका वरिष्ठ अधिकारीले प्रहरीलाई गोप्यरुपमा कर्मचारीको सूची उपलब्ध गराएका छन्। त्यसैको विधरोमा उनीहरुले काम रोकेको बताइएको छ।

एक कर्मचारीले अन्नपूर्णलाई जानकारी दिएअनुसार गृहमन्त्री र गृहसचिव स्वयम् आएर समन्वय नगरेसम्म काम अगाडि नबढाउने निर्णय गरेका छन्।

तर, अध्यागमन अत्यावश्यक सेवाभित्र पर्ने भएकाले त्यहाँका कर्मचारीले दिउँसो तीन बजेसम्म काम नरोक्ने निर्णय गरेका छन्। अहिले उनीहरूले यात्रुहरूलाई आवागमन र प्रस्थान अनुमति दिन थालेका छन्।

दिउँसो तीन बजेभित्रमा गृहमन्त्री र गृहसचिवले प्रहरीसँग समन्वयन गरी समस्याको समाधान नगरे पुन: कामकाजमा अवरोध गर्ने चेतावनी दिएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.