कोरोनाको नयाँ भेरियन्ट 'जेएन वान' नेपालमा पुष्टि नभए पनि सावधानी अपनाऔं : मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट JN.1 नेपालमा पुष्टि नभएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट JN.1 जीन सिक्वीन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि नभएको जानकारी गराएको हो।
कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नाकाहरूमा राखिएका सम्पू्र्ण डेस्कहरू,स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
छिमेकी मुलुक चीन र भारतमा नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। नेपालमा नयाँ भेरियन्ट हाल नदेखिए पनि स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
७