नयाँ वर्षमा केटीएम सिटीको अफर : २९० रुपैयाँमा जाडोको स्टाइलिस्ट लुगा
काठमाडौं : अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् ।
जाडो मौसमका लुगा अहिलेसम्मकै सस्तो मुल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले दावी गरेको छ। जाडो मौसमको आफूलाई मनपर्ने लुगा सर्वसुलभ मुल्यमा लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकले सुलभ मुल्यमा आफूलाई जाडोबाट बचाउन सक्ने र आफ्ना प्रियजनलाई उपहार दिन सक्नेछन् ।
क्यालेन्डरको नयाँ पाना पल्टिएसँगै केटीएम सिटीले बेजोड अफरको साथमा नयाँ वर्षको सुरुवात गरेको हो । नयाँ वर्षमा ‘स्टाइल’र बचतसहित वर्षको सुरुवात गर्न र यो अविश्वसनीय अफरको अधिकतम लाभ उठाउन कम्पनीले ग्राहकवर्गसमक्ष अपिल गरेको छ ।
'यो समय किनमेल गर्ने,बचत गर्ने र सही अर्थमा नयाँ वर्षलाई स्वागत गर्ने समय हो,'केटीएम सिटीले भनेको छ । केटीएम सिटीले क्रिसमसको उपलक्ष्यमा अनलाइन अर्डरमा १० प्रतिशत छुटको अफर ल्याएको थियो। यो अफर नयाँ वर्षको पहिलो दिन जनवरी एकसम्म रहेको थियो।