राष्ट्रियसभाको सिट बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

राष्ट्रियसभाको सिट बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
फाइल तस्बिर।

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सिट भागबण्डाबारे छलफल गर्न बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू उपस्थित छन्।

यसअघि मंगलबार र बुधबार बिहान बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटबारे गठबन्धन दलहरूसँग छलफल गर्ने सहमति भएको हो। सो सहमति पछि गठबन्धन दलको बैठक बसेको हो।

सत्ता गठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन। माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ। माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ। योसहित कांग्रेसले कुल ९ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ। 

त्यसमा संस्थापन इतर शेखर कोइराला समूहले ४ सिट मागिरहेको छ। तर,देउवा यसमा तयार देखिएका छैनन्। अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन्। मतभारको आधारमा भागबन्डा गर्नुपर्ने पक्षमा कांग्रेस र माओवादी केन्द्र छ भने अन्य साना सत्ता साझेदारी दलहरू पनि केन्द्रमा जस्तै सातवटै प्रदेशमा गठबन्धन गरेर रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.