राष्ट्रियसभाको सिट बाँडफाँडबारे छलफल गर्न ओली बालुवाटारमा
काठमाडौं : राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिट भागबण्डाको विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन्। राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सहभागी गराउने विषय प्रधानमन्त्री लचिलो भएपछि उनीहरूबीच भेटवार्ता हुन लागेको हो।
यसअघि सिट भागबण्डाकै विषयमा गठबन्धन दलबीच बैठक बसेको थियो। बैठक भोलि ९ बजे बस्नेगरी सकिएको छ। रिक्त २० पदका लागि माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ।