गठबन्धनको ‘स्पीरीट’ गाउँसम्म नपुगेको माओवादी गोरखाको निष्कर्ष

गठबन्धनको ‘स्पीरीट’ गाउँसम्म नपुगेको माओवादी गोरखाको निष्कर्ष
सुन्नुहोस्

गोरखा : गठबन्धनको मर्म र भावना केन्द्र तहमाझैं जिल्ला र स्थानीय तहमा पुग्न नसकेको माओवादी गोरखाको निष्कर्ष छ। बुधबार सदरमुकाममा आयोजित जनतासँग माओवादी रुपान्तरण विशेष अभियानको समीक्षा बैठकमा बोल्ने बक्ताहरूले ‘गठबन्धनको स्पीरीट’ केन्द्रमा झैँ जिल्ला र गाउँतहमा नपुगेको निष्कर्ष निकालेका माओवादीका जिल्ला समन्वय समितिका संयोजक दीपक तिमिल्सिनाले जानकारी दिए।

 
‘गठबन्धनका मुख्य दल माओवादी र कांग्रेसका बीचमा केन्द्रमा जुन स्पिरिटमा मेल छ, जिल्ला र स्थानीय तहमा अली ‘कन्फ्युज’ रहेको पाइयो, त्यसैले केन्द्रको ‘स्पिरिट’ गाउँतहसम्म पुर्‍याउनुपर्ने देखियो भनेर धेरै साथीहरूले भन्नुभयो,' जिल्ला संयोजक तिमिल्सिनाले भने, ‘केन्द्रमा गठबन्धन राम्ररी अघि बढिरहेको छ। गोरखामा मुख्य दुई पार्टी बीचको गठबन्धन सुदृढ गर्नुपर्ने देखिएको निष्कर्ष निकालिएको छ।’

समीक्षा बैठकमा पार्टीका केन्द्र तहका नेता जिल्ला र गाउँतहसम्म जोडिनुपर्ने पनि निष्कर्ष निकालिएको छ। विशेष रूपान्तरण अभियानका क्रममा केन्द्रीय नेताहरू गाउँतहसम्म पुग्दा त्यसको प्रभाव धेरै राम्रो भएकाले अब यसले निरन्तरता पाउनुपर्ने निष्कर्ष निकालिएको संयोजक तिमिल्सिनाले बताए। अभियानका बेला गाउँमा भए गरेका विकास निर्माणको अवस्थाको पनि अवलोकन गरिएको थियो। 

लामो समयदेखि अलपत्र परेर बसेका विकास निर्माणका योजनाहरूलाई निरन्तरता दिई सम्पन्न गर्न पहल गर्नुपर्ने पनि समीक्षा गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.