बालिका बलात्कार गर्ने पक्राउ

बालिका बलात्कार गर्ने पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा १० वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरिएको घटना बाहिर आएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति मगरलाई घरबाटै पक्राउ गरेको हो । 

प्रहरीका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्दै आएका थिए । बुवा विदेशमा छन् । आमाले दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । 

अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको छ । 

अभिभावक कोही पनि नभएको अवस्थामा शौचालयनजिकको खाली जग्गामा लगेर बलात्कार गरेको पाइएको दाहालले बताए । उनका अनुसार मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर बलात्कार गरेको खुलेको छ । 

हातमा समातेर तान्दै गर्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको हो । ‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन् । त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’डीएसपी दाहालले भने,‘सोधीखोजी गर्दा यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको पाइएको छ ।’ 

उनका अनुसार बालिकाले आफूलाई यसअघि पनि मगरले पटकपटक बलात्कार गरेको सुनाएकी थिइन् । बारम्बार बलात्कृत भएपछि बालिका उनको छेउछाउ जान नमान्ने तथा राति निद्रामा चिच्याउने,डराउने र तर्सिने गरेको जानकारी अभिभावकले प्रहरीलाई गराएका छन् । 

पीडित बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ। शरीरमा बाहिर देखिने चोटपटक भने नरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । 

मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.