प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेटवार्ता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश मन्त्री एस. जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। 

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ।

null

भारत भ्रमणका समयमा भएका समझदारी र सम्झौताहरु कार्यान्वयनमा गइरहेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटाले जानकारी दिए ।

त्यस्तै विद्युत व्यापार सम्झौतालाई कार्यान्वयनमा लैजाने विषय नेपालको विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक कदम भएको समेत प्रचण्डले बताएका थिए। नेपालको पश्चिम नेपालमा गएको भूकम्पका साथै मुलुकको आर्थिक विकासमा भारतको सहयोगप्रति प्रचण्डले आभार व्यक्त गरेको सापकोटाले बताए।

भेटवार्तामा विदेशमन्त्री जयशंकरले दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै अघि बढ्ने भन्दै नेपालसंग भएका सम्झौतालाई कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। यस अगाडि  शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए।

भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति कार्यालयका अनुसार  राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।

null

प्रधानमन्त्रीसँगको भेटपश्चात जयशंकर दिउँसो १ बजे  होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन्। 

बैठकपश्चात नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसपश्चात विदेशमन्त्री जयशंकरले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यतालिका रहेको छ।

विदेशमन्त्री जयशंकर शुक्रबार शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र मध्यान्ह १२ बजे भारत फर्किने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.