नेपाल-भारत संयुक्त आयोगको बैठक सकियो
काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक सकिएको छ। काठमाडौंको याक एण्ड यति होटलमा भएको बैठक सकिएको हो। बैठकमा ऊर्जा, व्यापारलगायत विषयमा द्विपक्षीय छलफल भएको छ।
बैठकमा नेपाल-भारत सम्बन्धनका बहुआयामिक पक्षमा छलफल भएको थियो। बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आजै नेपाल आइपुगेको थियो। बैठक परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको संयुक्त अध्यक्षतामा बसेको थियो। नेपाल-भारत संयुक्त आयोगको यो सातौं बैठक हो।