भारतीय विदेशमन्त्रीले भेटे राजनीतिक दलका शीर्ष नेताहरू

भारतीय विदेशमन्त्रीले भेटे राजनीतिक दलका शीर्ष नेताहरू
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री एस जयशंकर।
सुन्नुहोस्

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन्।

बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन्।

भेटपछि एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमतिलगायत दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए। नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्र राष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए।

त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्धलगायतका विषयमा छलफल भएको थियो। नेताहरुको भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसंगको सम्बन्धलाई थप उचाईमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.