राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने

राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागी हुने भएका छन्। शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन बुटवल जान लागेका हुन्। 

राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । 

त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रबार नै गृह जिल्ला तनहुँ पनि जाने छन्। राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्। यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.