पुष लागेसँगै अहिले नेचुङ भन्सार कार्यालय कार्यालय सहयोगीकै जिम्मा लगाइएको छ । जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् ।
जोमसोम : चीनसँग सीमाना जोडिएको (नेचुङ-लिजी) कोरला नाकाबाट हुने व्यापारिक कारोवारका लागि राजश्व संकलन गर्न उपल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित नेचुङमा भन्सार कार्यालय छ । जोमसोम यही भन्सार कार्यालयको सम्पर्क कार्यालय पनि हो।
कोरलास्थित नेचुङ—लिजी नाका गत २७ मंसिरमा औपचारिक रुपले खुल्ला भएसँगै मुस्ताङ भन्सार सक्रिय हुन थालेको हो । उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुल्ला गरिएको यो नाकाबाट दैनिक घरायसी प्रयोजनका दैनिक उपभोग्य सामान,लत्तापकडा,किराना सामग्री,कस्मेटिक सामानलगायतको आयात गरिन्छ ।
मुस्ताङ भन्सार कार्यालयका लागि एकजना अधिकृत तहका कर्मचारीसहित कूल ७ जनाको दरबन्दी छ । यद्देपि हाल १ जना नायव सुब्बा,१ जना लेखापाल, १ जना कम्प्युर अपरेटर र एकजना कार्यालय सहयोगी छन् ।
चार वर्षसम्म बन्द रहेको यो नाका खुलेपछि भन्सारको समेत आशिंक राजश्व संकलन हुन थालेको छ । मुस्ताङ भन्सार कार्यालयका लागि एकजना अधिकृत तहका कर्मचारीसहित कूल ७ जनाको दरबन्दी छ । यद्देपि हाल १ जना नायव सुब्बा,१ जना लेखापाल, १ जना कम्प्युर अपरेटर र एकजना कार्यालय सहयोगी छन् ।
कार्यरत कर्मचारी भन्सार राजश्व संकलन गर्न नाका खुलेको दिनदेखिनै सक्रिय थिए । तर,अहिले उपल्लो मुस्ताङको कोरलास्थित नेचुङमा चिसो र हिमपात बढेकाले त्यहाँ अहिले १ जना कार्यालय सहयोगी बाहेक अरु कोही बसेका छैनन् । नेचुङका कर्मचारीलाई चिसो र हिमपातको जोखिमका साथै नाकाबाट आर्थिक कारोबार कम हुने भएकाले सदरमुकाम जोमसोम झरेपछि भन्सारका कर्मचारी जोमसोमको भन्सार सम्पर्क कार्यालयमा समेत छैनन् ।
जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् ।
पुष लागेसँगै अहिले नेचुङ भन्सार कार्यालय कार्यालय सहयोगीकै जिम्मा लगाइएको छ । जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् ।
नेचुङ भन्सार कार्यालयमा रहेका कार्यालय सहयोगी टसी गुरुङले भन्सार कार्यालय आफू एक्लैले कुरेर बसेको बताए । ‘अहिले नाकाको आर्थिक गतिविधि निकै कम छ,कार्यालयका सरहरु पनि जोमसोम झर्नु भएको छ ,कार्यालय सहयोगी गुरुङले भने,‘आकल झुक्ल कोही सामान लिएर आए मैले नै फोन गरेर रसिद काट्छु । नाकामा अहिले खासै चहल पहल छैन ।’
भन्सार कुरेर बसेका कार्यालय सहयोगी गुरुङले ३३ हजार रुपैयाँ दुई दिनमा संकलन गरेको जानकारी दिए । उनले जिल्लामा किनमेल गर्ने नागरिक बेसी झरेको र स्थानीय व्यापारी समेत आउन छोडेकाले भन्सारमा राजश्व उठ्न नसकेको बताए ।
कार्यालय सहयोगी गुरुङले भनेजस्तै मुस्ताङ भन्सारका कर्मचारी पुष महिना लागेसँगै जिल्ला बाहिर छन् । भन्सार कुरेर बसेका कार्यालय सहयोगी गुरुङले ३३ हजार रुपैयाँ दुई दिनमा संकलन गरेको जानकारी दिए । उनले जिल्लामा किनमेल गर्ने नागरिक बेसी झरेको र स्थानीय व्यापारी समेत आउन छोडेकाले भन्सारमा राजश्व उठ्न नसकेको बताए ।
चार वर्षसम्म बन्द रहेको कोरलानाका खुले पनि अनिश्चित बन्द भएको सूचना जारी गरिएको छैन । प्रतिकूल मौसम र हिमपातको जोखिम रहेको उपल्लो मुस्ताङमा भन्सारसंगै बिओपीका सुरक्षाकर्मी यथास्थानमा बसेका छन् ।
तर,भन्सारका कर्मचार एकैचोटी जिल्ला बाहिर बिदामा बस्दा भन्सार कार्यालयको कामकारवाहीमा समस्या आउनसक्ने एक स्थानीयले बताए ।