नक्कली नम्बर प्लेट भएका पिकअप र मोटरसाइकल भन्सारलाई बुझाइयो

नक्कली नम्बर प्लेट भएका पिकअप र मोटरसाइकल भन्सारलाई बुझाइयो
सुन्नुहोस्

झापा : झापामा नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा प्रहरीले लिएको छ। 

नियन्त्रणमा लिएका ती सवारी साधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्यांकन तोकेर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ। चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर जिल्ला विभिन्न स्थानमा चलिरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको थियो। प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो। 

त्यस्तै भद्रपुर लगायतका राजमार्गका विभिन्न स्थानबाट मे २ प १६५७ नम्बरको अपाची, को १३ प ३१५२ नम्बरको पल्सर, को ६ प ४५७८ नम्बरको पल्सर,  मे ६ प १७७३ नम्बरको सुपर स्प्लेण्डर, मे ७ प  ७०३४ नम्बरको पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो। 

ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाम दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि भन्सार बुझाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.