अदालत अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

अदालत अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालत अवहेलना मुद्दामा सफाइ पाएका छन्। सात वर्षअघि दर्ता भएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले निर्णय सुनाउँदै अवहेलना गरेको 'मागदाबी नपुग्ने' फैसला गरेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरेबमोजिम मुद्दामा प्रतिवादी बनाइएका पुष्पकमल दाहाल 'प्रचण्ड'ले अवहेलना गरेको नदेखिएको निर्णय सुनाएको हो।

सो मुद्दामाथि असोज ७ गते सुनुवाइ सकिएको थियो। त्यसपछि मंसिर १८ गते निर्णय सुनाउने भनिए पनि आजलाई सारिएको हो।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा  सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षडयन्त्र भएको भन्दै द्वन्द्वकालका मुद्दा व्यूँताए विद्रोही गर्ने चेतावनी दिएका थिए। शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिपछि कानुन व्यवसायी त्रिपाठीले प्रचण्डलाई विपक्ष बनाइ अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए। कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीहरूलाई उच्च अदालत पाटन हेटौंडा इजलासले सफाइ दिएपछि सो विवाद सर्वोच्च  पुगेको थियो।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले एक अभियुक्तलाई थुनामा राखी  सुनुवाइ अघि बढाउने आदेश दिएपछि  रोकिएको मुद्दा फेरि व्यूतिएको थियो। अधिकारी हत्याको जिम्मा माओवादीले लिएको थियो।

लामो समयसम्म छोराका हत्यारालाई कारबाही नभएपछि अधिकारीका बुवा नन्दप्रसाद अधिकारीले अनशन सुरू गरेका थिए। उनको अनशनकै क्रममा मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.