रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

रनिङ शिल्डको उपाधि गौरीशंकरलाई
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ।

विद्यालयले ७ स्वर्ण, २ रजत र ४ कास्य पदक गरी १३ पदकका साथ प्रथम स्थान हासिल गरेको नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताइन्।

६  स्वर्ण, ८ रजत र १ कास्य पदक गरी १५ पदकका साथ जनज्योति माध्यमिक विद्यालयले द्वितीय र ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक गरी १४ पदकका साथ अर्घाखाँची आवासीय माविले तृतीय स्थान हासिल गरेको छ।

प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.