होटलमा काम गर्न रुस पुगेका शंकरलाई जब सेनामा भर्ति हुन ल्याइएको भनियो...

होटलमा काम गर्न रुस पुगेका शंकरलाई जब सेनामा भर्ति हुन ल्याइएको भनियो...

काठमाडौं : बेरोजगारीले थलिएपछि शंकर कार्कीले वैदेशिक रोजगारीमा जाने सोँच बनाए। तर, कुन देश जाने भनेर उनी अलमलमा परे। निकै दिनपछि उनी दलालको सम्पर्कमा आए। दलालले उनलाई आकर्षक तलबको लोभ देखाए। 

पछिल्लो समय नेपाली युवाहरू रुसमा आकर्षक तलब पाइरहेको दलालहरूले शंकरलाई लालच देखाएका थिए। रुस पुगेर होटलमा काम गर्नुपर्ने र आकर्षक तलब पाइने लोभमा शंकर सजिलै परे। तलबको अगाडि उनले ६ लाख केही देखेनन्। दलालहरूले रुस पुग्न ६ लाख लाग्ने र सबै कागजपत्र आफूहरूले नै बनाइदिने आश्वासन दिएका थिए।

एसएलसी पास गरेका शंकरको आवश्यक शैक्षिक डकुमेन्ट र अन्य कागजात दलालहरूले नै बनाइदिए। सबै कागजपत्र बनेपछि उनले अलास्का ट्राभ्लसबाट रुस जानका लागि प्रक्रिया थाले। केही समयपछि नै भिसा आएपछि उनी ६ लाख तिरेर रुस पुगे।

युरोपजस्तो देश छिरेर केही ठूलै गर्ने सपना बुनेका शंकर रुस पुग्नेवित्तिकै छाँगाबाट खसेजस्तै भए, जब उनलाई लिन आएका एजेण्टले ८ सय डलर मागे। ती एजेण्टले रुसी सेनामा भर्तिका लागि ल्याइएको र त्यसका लागि अतिरिक्त ८ सय डलर तिर्ने बताएका थिए। ती एजेण्टको प्रस्ताव सुनेर उनी वाक्क भए, आफैंलाई धिक्कारे। ठूलै गिरोहको पञ्जामा फसेको चाल पाए।

उनले रुसी सेनामा भर्ति हुने प्रस्ताव अस्वीकार गर्दै नेपाल फर्किए। अलस्का ट्राभल्समा गएर गुनासो पोखे। आफ्नो पैसा फिर्ता मागे। तर, न उनको गुनासो सुनियो, न उनले पैसा नै फिर्ता पाए। यही बीचमा रुसी सेनामा भर्ना भएका नेपालीहरूको मृत्यु भएको खबर सार्वजनिक भयो। सरकारले त्यसको पुष्टि गरेपछि बाल बाल बचेर स्वदेश फर्किन पाएकोमा शंकरले लामै सास फेरे। यसबीचमा प्रहरीले रुस पठाउने ठूलो गिरोहलाई पक्राउ गरेको थियो।

शंकरले पनि आलस्का ट्राभलका सञ्चालकविरुद्ध प्रहरीमा उजुरी दिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अलस्का ट्राभल्सका सञ्चालकद्वय अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईलाई पक्राउ गरेको छ। उनीहरू माइतीघर र थापागाउँबाट पक्राउ परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको बताए। प्रहरीका अनुसार शंकरसँगै गएका राजन राई र विकास राई रुसी सेनामा भर्ति भएका छन्। 

प्रहरीले यसअघि रुस पठाउने पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पूर्वसुरक्षाकर्मीसमेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बूढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन्। त्यस्तै, ओखलढुंगाकी सुजाता दाहाल, लमजुङका ईश्वर अधिकारी बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। 

अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेन्ट पूर्वसुरक्षाकर्मी भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। पूर्वसुरक्षाकर्मी विश्वकर्मा एक्लैले १८ जनालाई रुस पठाएका थिए।

रुसी सेनामा भर्ती भएका १० नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका १० जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, कुन्दन सिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान छन्। 

त्यस्तै चार जना नेपाली युक्रेनमा बन्दी बनाइएका छन्। बन्दी बनाइनेमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पनेरु रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.