डोल्पाको दुनैमा तीन महिने अभियानको समीक्षा

डोल्पाको दुनैमा तीन महिने अभियानको समीक्षा
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको दुनैमा नेकपा माओवादी केन्द्रको तीन महिने अभियानको समीक्षा गरिएको छ। पार्टीको विशेष रूपान्तरण अन्तर्गतको घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ सञ्चालन भएको अभियानको विशेष समीक्षा गरिएको हो। 

कार्यक्रममा बोल्दै माओवादीका नेताहरूले अभियानले डोल्पामा सकारात्मक प्रभाव पारेको र यसलाई जिल्ला नेतृत्वले अघिपछि पनि निरन्तरता दिनुपर्ने बताए। राष्ट्रिय सभा सदस्य तथा अभियानका इन्चार्ज नरबहादुर विष्टले माथिल्लो डोल्पामा हिमाली सहर निर्माण तथा रारादेखि फोक्सुन्डो ताल हुँदै मुस्ताङसम्मको हिमाली लोक मार्गको विकास गर्न पार्टी पङ्क्ति लागिपरेको बताए।

पार्टीका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले माओवादी पार्टीप्रति लागेका दागहरू अभियानले सकेसम्म पखालेको बताए। समीक्षा कार्यक्रममा जिल्ला पार्टी संयोजक धर्म जित बोहोरा, केन्दीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ढक वीर राणा, केन्द्रीय सदस्य काली चलाउने, केन्द्रीय सदस्य युवराज आचार्य र प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर शाही लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। जिल्ला पार्टी सचिव दत्तबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाभरिका नेता कार्यकर्ताको सहभागी रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.