नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान
सिन्धुली : नाबालिकालाई जबरजस्ती करणी गर्ने सिन्धुलीका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
सिन्धुलीको दुधौली नगरपालिका-१० का १८ वर्षीय तारा गौरुङलाई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि शुक्रबार जिल्ला कारागार सिन्धुली पढाइएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा डिएसपी चिरन्जीवि दाहालले बताए।
गौरुङले गत मंसिर २६ गते दुधौली नगरपालिका-१० की ५ वर्षीया नाबालिकालाई ललाई फकाई कोठामा लगेर करणी गरेको अभियोग छ।