उत्पादन बढ्यो, मूल्य कुर्दै सुन्तला किसान

उत्पादन बढ्यो, मूल्य कुर्दै सुन्तला किसान
सहिदभूमि गाउँपालिका– ३ डाँडागाउँका यमकुमार राई।
सुन्नुहोस्

धनकुटा : गत वर्षको भन्दा दोब्बर उत्पादन र राम्रो बजार भाउले धनकुटा–२ सिप्तिङका जितेन्द्र राईलाई उत्साहित बनाएको छ। गाउँमा सबैभन्दा बढी क्षेत्रफलमा सुन्तला रोपेर फलाउने उनी अरू किसानभन्दा बढी आम्दानी गर्छन्। ४२ रोपनी क्षेत्रफलको सुन्तला बगैंचा छ।

११ सय बिरुवा छन्। जसमध्ये ९ सय बोटले उत्पादन दिइरहेको उनी बताउँछन्। ‘गत वर्षको सिजनमा २० लाख रुपैयाँको सुन्तला बिक्री गरें’ उनी भन्छन्, ‘यो वर्षको सिजनमा ४० लाख कमाउने लक्ष्य छ।’ सुन्तला फागुनसम्म बगैंचामा राखेर बिक्री गर्ने उनको भनाइ छ। पोहोर सुन्तलामा रोग लागेर सुन्तला उत्पादन सोचेजस्तो नभए पनि यसपालाको सिजन सोचेजस्तै भएको उनको भनाइ छ। 

गाउँमा उनीजस्ता ४० भन्दा बढी घरपरिवार किसानले डेढ दशकअघिबाट व्यावसायिक सुन्तला रूपले सुन्तला खेती गर्दै आएका छन्। सुन्तलाले यो गाउँमा परिवर्तन ल्याएको बताउँदै जितेन्द्र भन्छन्, ‘सबैका छोराछोरी बोर्डिङ स्कुलमा पढिरहेका छन्, घरघरमा बिजुली र डिस होम च्यानल जोडिएका छन्।’ जितेन्द्रका अनुसार सिप्तिङमा सुन्तलाबाट यो सिजनमा करिब करोडभन्दा बढी भित्रिने गर्छ। 

अधिकांश किसानले स्थानीय खोकु जातका सुन्तला लगाएका छन्। एक पटक रोपेपछि १० वर्षसम्म सुन्तलाबाट निरन्तर आम्दानी लिन सकिन्छ। यति हुँदाहुँदै पनि सुन्तला भण्डारका लागि कोल्डस्टोर नहुँदा पाउनुपर्ने जति फाइदा नपाएको किसानहरू बताउँछन्। रोग–किराको प्रकोप, सिँचाइ, मलखाद र प्राविधिक सेवाको अभाव झेल्दै फलाएको सुन्तला कोल्डस्टोर नभएकोले सिजनभित्रै टिपेर बेचिसक्नुपर्ने बाध्यतामा छन्, उनीहरू। जितेन्द्र भन्छन्, ‘कोल्डस्टोर भए सिजनमा सुन्तला भण्डारण गरेर बेमौसममा निकाल्दा धेरै भाउ पाइन्थ्यो।’

सहिदभूमि गाउँपालिका– ३ डाँडागाउँका यमकुमार राई पनि सुन्तला उत्पादन यो वर्ष विगतको भन्दा राम्रो भएको बताउँछन्। यतिबेला किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ। सुन्तलाको व्यावसायिक खेती गर्ने किसानले एकै सिजनमा ३ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन्। यो सिजनमा सुन्तला उत्पादन बढेसँगै उत्साहित बनाएको किसानको भनाइ छ। सुन्तला बिक्री गर्न किसानलाई बजारको समस्या छैन। खरिदका लागि व्यापारीहरू किसानको घरैमा पुग्ने गर्छन्।  गुणस्तरको हिसाबले नेपाल र एसियामा नाम कमाउन सफल यहाँको स्वादिलो, रसिलो र गुलियो सुन्तला धनकुटा जिल्लाका स्थानीय बजारका साथै धरान, इटहरी, विराटनगर, काठमाडौंलगायत भारतका विभिन्न सहरहरूसम्म पुग्छ।

जिल्लाको धनकुटा नगरपालिकासहित सहिदभूमि गाउँपालिका, चौबिसे गाउँपालिकामा सुन्तलाको व्यावसायिक खेती हुन्छ। यी बाहेक पछिल्लो समय महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा सुन्तलाको व्यावसायिक खेती बढ्दो छ। तर, सुन्तलाको बिरुवामा देखिएको सिट्रस ग्रिनिङ्ग, फुटफ्लाहीजस्ता समस्याको दीर्घकालीन समाधान नहुँदा कतिपय किसान भने निराश देखिन्छन्। 

कृषि ज्ञान केन्द्र धनकुटाले गत वर्षको तुलनामा यो वर्ष जिल्लामा सुन्तला उत्पादन १५ प्रतिशतसम्म बढ्ने आंकलन गरेको छ। गत वर्षको तथ्यांकअनुसार धनकुटामा १६ करोड ८९ लाख रुपैयाँबराबरको २ हजार ८ सय १५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाइ छ। जिल्लाको करिब ७ सय हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रूपमा खेती हुन्छ। सुन्तला एक पटक रोपेपछि १० वर्षसम्म निरन्तर आम्दानी लिन सकिने किसानहरूको भनाइ छ। 

खोकुमा मासिँदै

दक्षिण एसियामै स्वादिलो सुन्तला भनेर नाम कहलिएको र एक खालको पहिचान नै बनाएको स्थानीय खोकु जातको सुन्तला पछिल्लो समय मासिन थालेको छ। सिट्रस सिल्ला एक प्रकारको किराले एउटा सुन्तलाबाट अर्को सुन्तलामा ग्रिनिङ भाइरस जातको रोग सार्दै जाने र उक्त रोगले सुन्तलाको बोटबाट विस्तारै पात, हाँगा झर्ने विस्तारै बोट सुक्दै जान थालेपछि स्थानीय खोकु जातको सुन्तला मासिन थालेको हो।

null

सुन्तला पाकेर पहेँलपुर देखिने यस क्षेत्रका अधिकांश किसानको बगानमा यो सिजन सुन्तला फलेको देखिँदैन। गुलियो र स्वादिलो हुने खोकु जातको सुन्तलाले पछिल्लो केही वर्षयता आकार र स्वादसमेत परिवर्तन गरेको छ। साबिक खोकु गाविस हालको सहिदभूमि गाउँपालिका वडा नं. ४ र ५ वडामा उत्पादन हुने खोकु जातको सुन्तला धनकुटामा मात्र नभई देशैभरि लोकप्रिय छ। जलवायु परिवर्तनको कारणले पनि अहिले खोकुको तत्लो भेगबाट सुन्तला मासिँदै माथिल्लो भेगसम्म आइपुगेको छ। विगतका वर्षहरूमा धेरै उत्पादन हुने सुन्तला पछिल्लो समय मासिँदै गइरहेको सहिदभूमि गाउँपालिका– ४ खोकुका किसान दीपक राई बताउँछन्।

स्थानीय खोकु जातको सुन्तलालाई संरक्षण गर्न गाउँपालिकाले केही कामहरू गरिरहेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ। यहाँका किसानले पुर्खौंदेखि सुन्तला खेती गर्दै आइरहेका छन्। गाउँमा पचास वर्षभन्दा बढीका सुन्तलाको बोट रहेको स्थानीयको दाबी छ।

बर्सेनि सुन्तलाको उत्पादन घट्दै जान थालेपछि यहाँका किसानले विकल्प खोज्न थालेका छन्। यहाँका ८ सय घरधुरीमध्ये ७० प्रतिशतभन्दा बढीले सुन्तलाको व्यावसायिक रूपमा खेती गर्दै आइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.