जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

टोकियो : जापानको इशिकावामा ७.६ म्याग्निच्युडको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ। यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ। 

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ। 

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिसहरु  भग्नावसेसमा फसेका छन्। जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारीहरु मिलेर बेपत्ताहरूको खोजी तथा सुरक्षाको पुष्टि गर्ने  प्रयासहरू गरिरहेका छन्।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ।

क्षतिग्रस्त क्षेत्रका १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएकाले अत्यावश्यक सामग्रीको पु¥याउन चुनौती  थपिएको छ। यसैबीच, ७०० भन्दा बढी व्यक्तिहरू भूकम्प प्रभावित वाजिमाका वरपरका विभिन्न स्थानमा फसेका छन्।

भूकम्पले यस क्षेत्रको पूर्वाधारमा गम्भीर असर परेको छ। लगभग तीस हजार घरधुरीले बिद्युत अवरूद्धताको सामना  गरिरहेका छन्। करिब १३ सहरका ८० हजार घरधुरीललाई खानेपानी आपूर्तिमा समस्या भएको छ। 

इशिकावामा करिब ३७० तिन निकासी केन्द्रहरूमा करिब ३३ हजार मानिसहरू बसेका छन्।  शौचालयलगायतका सरसफाइसम्बन्धी विषयमा पनि चिन्ताजनक अवस्था देखा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान अनुसनधानसम्बन्धी निकायले भूकम्पलाई नोटो प्रायद्वीप भूकम्प २०२४ नामाकरण गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.